वैदेशिक रोजगारीका लागि ओमान गएकी डेढ वर्षदेखि अस्पतालमा अचेत अवस्थामा
barnanmedia.com · Sat Aug 17 21:50:17 UTC 2024

वैदेशिक रोजगारीका लागि छ वर्षअघि ओमान गएकी मेचीनगर नगरपालिका–१० की ४५ वर्षीया बिनादेवी कवर डेढ वर्षदेखि त्यहीको एक अस्पतालमा अचेत अवस्थामा छिन् । राजधानी मस्कटबाट एक हजार किलोमिटर टाढा सलाहस्थित सुल्तान काबुस अस्पतालमा उनी डेढ वर्षदेखि अचेत अवस्थामा रहेको छोरा सञ्जय कवरले बताए ।
“आमा ओमानको अस्पतालमा बेहोस अवस्थामा हुनुहुन्छ भनेर खबर पाएका छौँ”, छोरा सञ्जय कवरले भने, “नेपाल ल्याउन रु १३ लाख खर्च लाग्छ रे । हामीले त्यत्रो पैसा कहाँबाट जुटाउनु ?” उनले आमालाई नेपाल ल्याउन सहयोगका लागि अपिल गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)