सामाजिक सञ्जालले फेरिएको व्यापार शैली
barnanmedia.com · Tue Sep 15 22:28:51 GMT 2026

म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीका कमला बानियाँ थापाले जलजला गाउँपालिका–३ पर्वत बेनीमा सञ्चालन गरेको ‘थापा लोकल मार्ट’मा दुई वर्षअघि सम्म स्थानीय ग्राहक मात्रै आउँथे ।
म्याग्दी, मुस्ताङ र पर्वतका हिमाली तथा पहाडी क्षेत्रमा उत्पादन हुने विभिन्न रैथाने वस्तु पाइने थापाको पसलका सामान अहिले विदेशसम्म पुग्न थालेको छ । “सामाजिक सञ्जाल ‘टिकटक’ र ‘फेसबुक’मा लाइभ बसेर सामान देखाउन थालेपछि ग्राहकको पहुँच बढेको मात्र छैन, कारोबार र आम्दानी पनि उल्लेख्य वृद्धि भएको छ,” उहाँले भन्नुभयो, “यसअघि बेनी र मल्लाज क्षेत्रका सीमित ग्राहक आउँथे ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)