निर्माण सामग्री अभावले धुलिखेल–खावा सडकको काम प्रभावित (तस्बिरहरू)
ratopati.com · Sun May 31 03:51:47 GMT 2026

काभ्रेपलान्चोक । अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति तथा कालोपत्रे कार्य अन्तिम चरणमा पुगेको भए पनि पछिल्लो समय निर्माण सामग्रीको अभावका कारण काम प्रभावित बनेको छ। लामो समयदेखि धुलो, हिलो तथा जामको समस्या भोग्दै आएका स्थानीयवासी र यात्रुहरू सडक निर्माण सम्पन्न हुने प्रतीक्षामा रहे पनि केही सातायता निर्माणको गति सुस्त बनेको छ।
सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार धुलिखेल चोकबाट कालोपत्रे कार्य सुरु गरिएको हो। करिब ४ किलोमिटर लम्बाइ रहेको यस सडकखण्डमध्ये पहिलो चरणमा २.५ किलोमिटर सडक कालोपत्रे सम्पन्न भइसकेको छ भने बाँकी १.५ किलोमिटर खण्डमा दोस्रो चरणअन्तर्गत कालोपत्रे गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)