कर्णाली कप टी– २० क्रिकेट प्रतियोगिता आइतबारदेखि
shilapatra.com · Sat Jun 27 15:10:00 GMT 2026
कर्णाली प्रदेश क्रिकेट संघको आयोजनामा आइतबारदेखि ‘कर्णाली कप, २०८३’ टी– २० प्रतियोगिता सुरु हुने भएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा हुन लागेको प्रतियोगीतामा कर्णालीका १० जिल्लामध्ये आठ जिल्लाको प्रनिधित्व हुनेछ ।
प्रतियोगितामा मुगु जिल्ला पहिलोपटक सहभागी हुँदै छ । यस्तै सुर्खेत, दैलेख, कालीकोट, जुम्ला, रुकुम पश्चिम, सल्यान र जाजरकोटले पनि प्रतियोगितामा सहभागिता जनाउनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)