गौशाला बजार बन्द, टायर बालेर प्रदर्शन
gorkhapatraonline.com · Sun May 31 03:59:25 GMT 2026

महोत्तरीको गौशाला बजार बन्द गरी विभिन्न चोकहरूमा टायर बालेर आइतबार बिहानदेखि प्रदर्शन भइरहेको छ। गौशाला नगरपालिकाले कित्ता नं. ११५, ११६ र ११७ मा निर्मित घरटहरा हटाउने तयारी गरेपछि स्थानीयवासीले संघर्ष समिति गठन गर्दै आन्दोलनमा उत्रेका हुन्।
स्थानीयले देवनारायण महतोको अध्यक्षतामा १५ सदस्यीय संघर्ष समिति गठन गरेका छन्। नगरपालिकाको निर्णयविरुद्ध आन्दोलनलाई व्यवस्थित र प्रभावकारी बनाउन समिति गठन गरिएको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)