मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

राहत कोषमा करिब छ करोड जम्मा

gorkhapatraonline.com · Thu Nov 09 06:07:50 GMT 2023

काठमाडौँ, कात्तिक २३ गते । प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा हालसम्म पाँच करोड ९५ लाख रुपियाँ जम्मा भएको छ । जाजरकोट केन्द्रबिन्दु भएर गत शुक्रबार राति गएको भूकम्पका पीडितका लागि राहत सहयोग र पुनस्र्थापनाका लागि सरकारले आर्थिक सहयोगको आह्वान गरेपछि उक्त रकम जम्मा भएको हो । यो रकम आइतबारदेखि बुधबारसम्मको हो ।

भूकम्पपीडितलाई राहत सहयोगका लागि सरकारले देश विदेशमा रहेका नेपालीलाई अपिल गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टका अनुसार मङ्गलबारसम्म बैङ्कमा पाँच करोड ९५ लाख रुपियाँ जम्मा भएको थियो । विभिन्न कार्यालयले प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको चेक सम्बन्धित बैङ्कमा पठाइसकिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)