सान फ्रान्सिस्कोमा मनाइयो सगरमाथा दिवस
nepalviews.com · Sun May 31 04:12:40 GMT 2026

काठमाडौं । ‘सगरमाथा, विश्वको सर्वोच्च शिखरः नेपालको पहिचान र गौरव’ नाराका साथ अमेरिकाको शनिबार सान फ्रान्सिस्कोस्थित नेपाली महावाणिज्य दूतावासमा सगरमाथा दिवस मनाइएको छ ।
परराष्ट्रमन्त्री शिशिर खनालको भिडियो सन्देशबाट शुभारम्भ भएको कार्यक्रममा त्यहाँस्थित महावाणिज्यदूत लक्ष्मण खनालले सगरमाथा दिवसको महत्वबारे चर्चा गर्दै नेपालको प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाका सम्बन्धमा जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)