ताइवानको सुन्दर राजमार्ग १३ बर्षपछि फेरी खुल्यो
kharibot.com · Sat May 07 00:45:00 GMT 2022
काठमाडौँ । १३ वर्षदेखि बन्द भएको ताइवानको दक्षिणी क्रस-द्वीप राजमार्ग सर्वसाधारणका लागि पुनः खोलिएको छ । टापुको ग्रामीण, रमणीय भागहरू हुँदै जाने बाटोका कारण पर्यटकहरू र स्थानीयहरूमाझ लोकप्रिय रहेको अल्पाइन राजमार्ग सन् २००९ मा आएको आँधीले ध्वस्त पारेको थियो । सडकको ९० प्रतिशत भन्दा बढी क्षति भएको थियो र २२ वटा पुलहरू बगेका थिए ।
दक्षिणपश्चिम ताइवानको ताइनान शहरलाई दक्षिणपूर्वमा ताइतुङ शहरसँग जोड्ने १५४ किलोमिटर राजमार्ग ताइवानको युशान राष्ट्रिय निकुञ्ज हुदै टापुको सबैभन्दा उच्च चुचुरो, जेड माउन्टेन र प्रभावशाली हिमशृंखला हुदै जान्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)