मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमालेका उपाध्यक्ष पौडेललाई प्रहरी प्रभाग, पुलचोकको हिरासतमा राखियाे

barnanmedia.com · Tue Jun 23 23:48:26 GMT 2026

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई प्रहरी प्रभाग, पुलचोकको हिरासतमा राखिने भएको छ ।

सुर्खेतबाट हिजो (सोमबार) सम्पत्ति शुद्धीकरण विभागको टोलीले उनलाई पक्राउ गरेको थियो ।

उनलाई आजै अदालत उपस्थित गराइएको थियो । विशेष अदालतले साँझ उनलाई थप ७ दिन हिरासतम राखेर अनुसन्धान गर्ने अनुमति दिएको थियो ।

लगत्तै, प्रहरीले उनको मेडिकल चेकजाँच गराएर हिरासतमा राखिएको हो ।

पूर्व अर्थमन्त्री समेत रहेका पौडेललाई विभागले सम्पत्तिको स्रोत र शंकास्पद सेयर कारोबारको विषयमा अनुसन्धान गर्न पक्राउ गरिएको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)