मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पौडी खेल्ने क्रममा फेवातालमा डुबेर बेपत्ता भएका व्यक्तिको शव फेला

barnanmedia.com · Tue Jun 23 23:51:04 GMT 2026

कास्की जिल्लाको पोखरा महानगरपालिका–६ स्थित फेवातालमा पौडी खेल्ने क्रममा डुवेर वेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीको गोताखोरले मंगलबार साँझ ९ः१० बजेको समयमा फेला पारेको छ।

सोही महानगरपालिका–१५ रामबजार बस्ने १९ वर्षीय अमर थापा क्षेत्री साँझ ७ बजे फेवातालमा पौडी खेल्ने क्रममा डुवेर वेपत्ता भएका थिए।

घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नं २४ कालिका गण कास्कीबाट उनको खोजीकार्यको लागि गोताखोर सहितको टोली परिचालन भएको थियो।

खोजीकार्यको लागी खटिएको टोलीले फेवातालको करीब २५ फिट गहिराईबाट उनको शव बाहिर निकालेको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)