राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भए : डा. राणा
gorkhapatraonline.com · Thu Jun 04 10:54:52 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गर्नुभएका निवर्तमान महामन्त्री डा. धवलशमशेर जबराले आफ्नो राजनीतिक जीवनमा बितेका चार वर्ष निकै पीडादायी भएको बताउनुभएको छ ।
बिहीबार काठमाडौँमा आफूपक्षीय नेता तथा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै डा. राणाले सो कुरा बताउनुभएको हो । उहाँले पार्टीलाई सही दिशा र एजेन्डा प्राप्तिको मार्गमा लैजान आफूले भरपुर प्रयास गरेको भए पनि पार्टी नेतृत्व नै बाधक भएर उभिएको आरोप लगाउनुभयो । उहाँले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले नै आफूहरूलाई पार्टी छोड्न बाध्य बनाएको दाबी गर्नुभयो । पार्टीभित्र आफूहरूले बोकेको विचार, मूल्य र एजेन्डालाई अगाडि बढाउन नसकिएकै कारण नयाँ राजनीतिक यात्रा सुरु गर्नुपर्ने निष्कर्षमा पुगेको उहाँको भनाइ थियो । डा. राणाले राप्रपाको वर्तमान अवस्थालाई ‘मक्किएको र चर्किएको घर’ सँग तुलना गर्दै पुरानो संरचनाबाट अपेक्षित परिवर्तन सम्भव नभएको निष्कर्ष आफूहरूले निकालेको उल्लेख गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)