विद्यालय संचालक बने अब्बल किसान
rajdhanidaily.com · Tue Feb 03 23:25:41 GMT 2026

डडेल्धुरा । २०७६ चैत अघिसम्म गाउँमै नीजि विद्यालय संचालन गरि राम्रै आम्दानी गरिरहनु भएका दम्पती अहिले व्यवसायीक किसानका रुपमा स्थापित भएका छन । कोरोना कहरमा भएको लकडाउनले जिल्ला सदरमुकाम अमरगढी नगरपालिका ३ नुवाकोटका दम्पती सुनिता बोहरा र महेशप्रसाद बोहराले संचाल गरेको नीजि विद्यालय बन्द भयो । केही समयको लकडाउन पछि विद्यालय संचालन गरे पनि विद्यार्थी संख्या न्यून भयो । आफ्नै जमिनमा विद्यालय संचालन गरेका बोहराको विद्यालय ’roundको जमिनमा थोरै खेतीपाती गर्ने र केही बाँझो थियो ।
विद्यार्थी संख्या ५० मात्रै रहेपछि परम्परागत कृषिलाई व्यवसायीक रुपमा गर्ने अठोटकासाथ बोहरा दम्पती पूर्ण रुपमा कृषि कर्ममा लागे । बोहरा दम्पतीले करिब २२ रोपनी जमिनमा आलु खेतीसंगै विद्यालयका कोठा ठुला बनाई ब्रोईलर कुखुरा र तीन वटा पोखरी निर्माण गरि माछा पालनसमेत सुरु गरे । अहिले ७–८ वर्षको अन्तरातलमा उनले चार हजारसम्म कुखुराका चल्ला हुर्काउनुकासाथै एक हजार बढी माछाका भुरा, आलुखेती र बंगुर पालनसमेत गर्दै आईरहेका छन ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)