मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुदूरपश्चिमका तीन जिल्लाका ४६ मतदानस्थल हिमपातको जोखिम सूचीमा

rajdhanidaily.com · Tue Feb 03 23:27:22 GMT 2026

धनगढी । आगामी फागुन २१ मा हुने निर्वाचनका क्रममा सुदूरपश्चिमका ४६ वटा मतदानस्थलहरु हिमपातको जोखिम सूचीमा राखिएको छ । बाजुरा २२, डडेलधुरामा १९ र बझाङमा पाँच वटा मतदानस्थललाई हिमपात हुनसक्ने जोखिमको सूचीमा राखिएको छ । यी स्थानहरूमा फागुन तेस्रो साता पनि हिमपात हुनसक्ने जोखिम हुने गरेको छ ।

दार्चुलामा टिंकर र छाङरु मतदानस्थलमा हिमपात हुने भए पनि यस अवधिमा ती मतदानस्थलका मतदाताहरू सदरमुकाम खलंगा बसाइँ सर्ने भएकाले खलंगामै मतदानस्थल निर्धारण गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)