नवप्रवर्तनकारी कार्यशैली अपनाउन आग्रह
gorkhapatraonline.com · Wed Jun 24 00:25:31 GMT 2026

मुख्य सचिव सुमनराज अर्यालले दीक्षित नवअधिकृतलाई नवप्रवर्तनकारी कार्यशैली अपनाएर कार्यसम्पादन गर्न निर्देशन दिनुभएको छ । जनअपेक्षा अनुसार कार्यसम्पादन गर्न आग्रह गर्दै अनुशासन र प्रचलित कानुनलाई सम्मान गर्न उहाँले जोड दिनुभयो ।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा ४० औँ आधारभूत प्रशासन प्रशिक्षण ब्याचको मङ्गलबार आयोजित दीक्षान्त समारोहलाई समापन गर्दै उहाँले अधिकृतहरूलाई उक्त निर्देशन दिनुभएको हो । अर्यालले भन्नुभयो, “राष्ट्र र अधिकृतबिचको अदृश्य मनोवैज्ञानिक सम्झौताको कदर गर्दै अनुशासन र प्रचलित कानुनको सम्मान गर्नु पर्छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)