एआईसँग जेन-जीको जटिल सम्बन्ध: उपयोग पनि, संशय पनि
ictsamachar.com

काठमाडौं । आजको विश्वमा जहाँ हरेक व्यक्ति एआईको पछि लागिरहेको छ , त्यहीँ जेन-जीले यो प्रविधिसँग निकै अनौठो र जटिल सम्बन्ध बनाइरहे का छन् । प्रायः मानिसहरूलाई लाग्छ , डिजिटल वातावरणमा हुर्किएको यो पुस्ताले पक्कै पनि एआई लाई आफ्नो जीवनको अभिन्न हिस्सा बनाइसकेको हुनुपर्छ । कसैले यसलाई आफ्नो “थेरेपिस्ट” जस्तो मानिरहेको होला , त कसैले “रोमान्टिक पार्टनर” जस्तो । तर हार्वर्ड बिजनेस पब्लिशिङको पछिल्लो अनुसन्धानले यस्तो सोचमा गम्भीर “रियालिटी चेक” दिएको छ ।
सत्य के हो भने , जेन-जी एआई प्रति उत्साहित त छन् , तर त्यति नै अलमलमा पनि छ । उनीहरू यसलाई कुनै जादुई संसारका रूपमा होइन , बरु बिजुली वा इन्टरनेट जत्तिकै एउटा आवश्यक साधनका रूपमा हेर्छन् । एकातिर उनीहरू आफ्नो काम गर्ने क्षमता बढाउन च्याटजीपीटी वा क्लड जस्ता उपकरणको भर परिरहेका छन् , अर्कोतर्फ उनीहरूको मनमा यो डर पनि गहिरो छ कि कतै यी “स्मार्ट मेसिन”ले उनीहरूको आफ्नै क्रिटिकल थिंकिङ र मौलिकता नै हराइदिने त होइन ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)