रवि रिहा भएकोमा जेनजी चकित, टिकटकमा चलाए 'नो रवि ट्रेन्ड’
shilapatra.com · Tue Sep 09 19:26:00 GMT 2025

जेनजी आन्दोलनको फाइदा उठाएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने जेलबाट निस्केको भन्दै विरोध हुन थालेको छ । आफूलाई पछिल्लो आन्दोलनको हिस्सा मान्ने केही जेनजी उमेर समूहका युवाहरूले नै टिकटकमा 'नो रबि' ट्रेन्ड चलाएका छन् । उनीहरूले रवि बेदाग नरहेको भन्दै उनको रिहाइको विरोध गरेका छन् । रविका कारण जघन्य अपराधका अरु अपराधीसमेत भागेकोमा जेनजीहरू रुष्ट छन् । 'हामी रवि लामिछानेका लागि लडेका थिएनौँ', सबु रेग्मीले टिकटक भिडियोमा भनेकी छन्, 'पहिलो कुरा, कुनै पनि जेनजी रवि लामिछानेको पक्षमा छैन, उनीसँगै १५/१६ सय अपराधी जेलबाट निस्केका छन् ।'
उनीहरूका कारण अरु असुरक्षित भएको रेग्मीको भनाइ छ । उनले सबै अपराधी भागेको जिम्मेवारी रास्वपाले लिन्छ ? भनेर प्रश्नसमेत गरेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)