अस्पताललाई बिमाको दुई अर्ब भुक्तानी
gorkhapatraonline.com · Wed Jun 24 00:28:09 GMT 2026

स्वास्थ्य बिमा बोर्डले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थालाई दुई अर्ब रुपियाँ भुक्तानी गरेको छ । अर्थ मन्त्रालयले रकम निकासा गरेपछि बोर्डले देशभरका ३६४ स्वास्थ्य संस्थालाई रकम भुक्तानी गरेको हो ।
बोर्डकी कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले ३६४ स्वास्थ्य संस्थालाई दुई अर्ब रुपियाँ भुक्तानी गरिएको जानकारी दिनुभयो । प्राप्त बजेटलाई पारदर्शी, न्यायोचित तथा समानुपातिक ढङ्गले वितरण गरिएको प्रजापतिले जानकारी दिनुभयो । अर्थ मन्त्रालयबाट प्राप्त रकमलाई प्राथमिकताका आधारमा देशभरका स्वास्थ्य संस्थामा वितरण गरिएको जानकारी उहाँले दिनुभयो । उहाँले स्वास्थ्यसेवा प्रवाहमा देखिएको आर्थिक दबाब केही हदसम्म कम हुने विश्वाससमेत व्यक्त गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)