मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्वप्रधानमन्त्री नेपाललाई रौतहट क्षेत्र नं.१ मा सकस

rajdhanidaily.com · Tue Feb 03 23:42:53 GMT 2026

रौतहट । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको लागी रौतहट क्षेत्र नं. १ मा चुनावी रस्साकस्सी बढ्दै गएको छ । सो क्षेत्रबाट नेकपाका सहसंयोजक तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले चौथो पटक प्रतिनिधि सभा सदस्यको लागी उम्मेदवारी दर्ता गराएका छन् । विगतका वर्षहरू जस्तो यस वर्ष सहसंयोजक नेपालले सहजै जित हासिल गर्न कठिन देखिएको छ । २०७९ सालको निर्वाचनमा नेपाललाई नेपाली कांग्रेस र नेकपा माओवादीको समर्थन थियो तर यस वर्ष भने नेपाली कांग्रेसले पुर्वमन्त्री अनिल कुमार झालाई उम्मेदवार बनाएपछि नेपाललाई सकस परेको हो ।

२०५६ सालको प्रतिनिधिसभा,२०७०को संविधान सभा र २०७९ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका नेपालले यस पटक पनि यही क्षेत्रबाट उम्मेदवारी दिएका छन् । २०५६ सालको प्रतिनिधि सभाको निर्वाचनमा नेपालले रौतहटको क्षेत्र नं.१ र ४ बाट निर्वाचित भएका थिए । क्षेत्र नं. १ को निर्वाचनमा नेपालको २ पटक सम्म निकटतम प्रतिद्वन्द्वीको रूपमा रहेका अजयकुमार गुप्ताले यस पटक नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)