धरानमा बक्सिङ फाइट नाइट प्रतियोगिता हुँदै
barnanmedia.com · Tue Feb 03 23:37:49 GMT 2026
खेल प्रवर्द्धन तथा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले धरानमा यही माघ २३ गते बक्सिङ ‘फाइट नाइट २०२६’ प्रतियोगिता आयोजना हुने भएको छ ।
धरान बक्सिङ संस्थाको आयोजनामा धरान–१५ स्थित किरात याक्थुङ चुम्लुङको चुम्लुङहिम हलमा बक्सिङ ‘फाइट नाइटको दोस्रो संस्करणको प्रतियोगिता हुन लागेको हो । साँझ ४ बजेदेखि सुरु हुने प्रतियोगितामा साङ्गीतिक तथा सांस्कृतिक कार्यक्रम पनि समावेश गरिएको आयोजकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)