कोरला नाकाबाट भित्रिएका ईभीबारे छानबिन गर्न समिति गठन
gorkhapatraonline.com · Sat Jun 06 05:37:16 GMT 2026

उपल्लो मुस्ताङको लिजी–नेचुङ (कोरला) नाकाबाट भित्रिएका विद्युतीय सवारीसाधनमा प्रज्ञापनपत्रमा त्रुटि तथा राजस्व छलीको आशङ्का सम्बन्धमा छानबिन गर्न सरकारले समिति गठन गरेको छ।
सशस्त्र प्रहरी बल नेपालले मुस्ताङ, म्याग्दी, पर्वत र कास्की क्षेत्रबाट नियन्त्रणमा लिएका ७ सय ७५ वटा विद्युतीय (ईभी) सवारीसाधनको विस्तृत अनुसन्धानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष निर्देशनमा अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधिहरू सम्मिलित संयुक्त छानबिन समिति गठन गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)