इरानतर्फ जाँदै गरेको मालवाहक जहाजमाथि अमेरिकी क्षेप्यास्त्र प्रहार
barnanmedia.com · Sun May 31 05:00:59 GMT 2026

वासिङ्टन । अमेरिकी सेनाले इरानका बन्दरगाहहरूमा लगाएको नाकाबन्दी तोडेर प्रवेश गर्न खोजेको एउटा मालवाहक जहाजलाई रोक्न त्यसको इन्जिन कक्षमा क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ ।
अमेरिकी केन्द्रीय कमान्डका अनुसार गाम्बियाको झन्डा बोकेको एक मालवाहक जहाजले इरानको बन्दरगाहमा प्रवेश गर्ने प्रयास गर्दा अमेरिकी सेनाले २० भन्दा बढी चेतावनी दिएको थियो । चेतावनीलाई बेवास्ता गरेपछि जहाजको इन्जिन क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरिएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)