बन्जर बगरमा महिलाको हरियाली क्रान्ति
gorkhapatraonline.com · Sun May 31 05:13:58 GMT 2026

एक समय थियो, जहाँ त्यो बगर बन्जर र उराठलाग्दो लाग्थ्यो। राप्ती नदीले किनार बनाएको उक्त बलौटे जमिनलाई अहिले स्थानीय महिलाहरूको पौरखी हातले हरियाली बनाएका छन्। लमही नगरपालिका–२, छिगतपुरको उक्त क्षेत्रमा अहिले लौका, फर्सी, काँक्रा र प्याज लहलहाइरहेका छन्।
गाउँका महिलाहरूले सामूहिक रूपमा सुरु गरेको व्यावसायिक तरकारी खेतीले बगरलाई मात्रै हरियाली बनाएको छैन, सिंगो गाउँमा रोजगारी सिर्जना गर्दै महिलालाई आत्मनिर्भरतासँग जोडेको छ। छिगतपुरका २५ जना महिलाले गठन गरेको “न्यू राप्ती कृषक समूह”ले सामूहिक रूपमा व्यावसायिक तरकारी खेती गर्दै आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)