मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बहुउद्देश्यीय कभर्डहल तथा रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदनको मस्यौदा तयार

barnanmedia.com · Tue Feb 03 23:54:19 GMT 2026

भानु नगरपालिका–९, काउरेटारमा निर्माण गर्न लागिएको बहुउद्देश्यीय कभर्डहल तथा रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदनको प्रारम्भिक मस्यौदा तयार भएको छ । भानु नगरपालिकाले उक्त रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदन तयार गरेको हो ।

खेलकुद पूर्वाधार विकासतर्फ भानु नगरपालिकाले चालेको यस कदमलाई नगरकै मात्र नभई सम्पूर्ण तनहुँ जिल्लाको गौरवको आयोजनाका रूपमा हेरिएको छ । मस्यौदामा सरोकारवाला निकाय, प्राविधिक तथा जनप्रतिनिधिबाट प्राप्त सुझाव समेटी एक साताभित्र आवश्यक परिमार्जनसहित अन्तिम रूप दिइने नगरप्रमुख आनन्दराज त्रिपाठीले बताउनुभयो । अन्तिम डिपिआर तयार भएपछि टेण्डर प्रक्रियाका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा पठाइने उहाँले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)