मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

nepaltvonline.com · Tue Sep 15 23:59:04 GMT 2026

काठमाडौँ- सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । अपराह्न १ः०० बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता वादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ ।

यस्तै, अपराह्न १ः१५ बजे राष्ट्रियसभाको बैठक बस्दैछ । आजको बैठकमा पूर्वाधार विकास मन्त्रालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)