इंग्ल्यान्ड–घाना गोलरहित बराबरी, दुवैको नकआउट सम्भावना बलियो
newsofnepal.com · Wed Jun 24 00:51:38 GMT 2026

फिफा विश्वकप २०२६ अन्तर्गत समूह एलको खेलमा इंग्ल्यान्ड र घाना गोलरहित बराबरीमा रोकिएका छन्। अमेरिकाको बोस्टो स्टेडियममा बुधबार बिहान भएको खेलमा इंग्ल्यान्डले बल पोसेसन र आक्रमणमा दबाब बनाए पनि गोल गर्न सकेन।
बराबरीसँगै इंग्ल्यान्ड र घानाले समान ४ अंक जोडेका छन्। गोल अन्तरका आधारमा इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा रहेको छ। दुवै टोलीको नकआउट चरण पुग्ने सम्भावना बलियो बनेको छ। अब समूह चरणको अन्तिम खेलमा इंग्ल्यान्डले पानामासँग तथा घानाले क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)
फिफा