मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

झापामा हराइरहेका वृद्धको भेटिने वितिक्कै मृत्यु

annapurnapost.com · Sun May 31 05:14:44 GMT 2026

झापा : झापामा घरबाट हराइरहेका एक वृद्धको मृत्यु भएको छ । बिर्तामोडमा सडक छेउमा लडिरहेको अवस्थामा फेला परेका इलाम फाकफोकथुम गाउँपालिका–३ घर भई हाल बिर्तामोड नगरपालिका–१ बस्दै आएका अन्दाजी ४५ वर्षीय राजकुमार थेगिमको उपचारको क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार थेगिम जेठ १५ गते घरबाट कसैलाई जानकारी नदिई निस्किएका थिए । परिवारजनले खोजतलास गरिरहेका बेला शनिबार राति करिब ८ ४५ बजे बिर्तामोड–३ आदर्शचोकस्थित सडकछेउमा उनी लडिरहेको अवस्थामा स्थानीयले देखेका थिए । उनको चिउँडोमा सामान्य चोटपटक लागेको देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)