मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बुडिमिरको गोलमा क्रोएसियाको जित, पानामा समूह चरणबाटै बाहिरियो

ratopati.com · Wed Jun 24 00:56:48 GMT 2026

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह एलको खेलमा क्रोएसियाले पानामालाई १–० ले पराजित गरेको छ।

क्यानडाको टोरन्टो स्टेडियममा सम्पन्न खेलमा क्रोएसियाको जितमा आन्ते बुडिमिरले निर्णायक गोल गरे। दोस्रो हाफ सुरु भएपछि मैदान प्रवेश गरेका बुडिमिरले ५४औँ मिनेटमा जोसिप स्टानिसिचको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा पानामाले दोस्रो हाफमा केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। इन्जुरी समयमा आमिर मुरिलोले पाएको फ्रिकिकको अवसर पनि खेर जाँदा पानामा बराबरी गोलबाट वञ्चित भयो।

यस जितसँगै क्रोएसियाले नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ भने पानामा समूह चरणबाटै बाहिरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय