मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

क्रोएसियाले जित्दा पानामा अंकविहीन

baahrakhari.com · Wed Jun 24 00:54:42 GMT 2026

काठमाडौं । क्रोएसियाले विश्वकपमा जित दर्ता गराएको छ । पानामाविरुद्धको खेलमा क्रोएसिया १-० ले विजयी भएको हो ।

खेलको पहिलो हाफसम्म कुनै पनि टोलीले गोल गर्न नसक्दा बराबरीमा टुंगिएको थियो । दोस्रो हाफको ५३ औँ मिनेटमा एन्ते बुदिमिरले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । जोसिप स्टानिकको पासलाई उनले गोलमा परिणत गरेका थिए ।

जितसँगै क्रोएसियाले तालिकामा तीन अंक जोडेको छ ।यसअघिको खेलमा क्रोएसिया इंग्ल्याण्डसँग ४-२ ले पराजित भएको थियो ।

विश्वकपमा पानामाको यो दोस्रो हार हो । यसअघिको खेलमा पानामा घानासँग १-० ले पराजित भएको छ । समूह 'एल' मा घाना अंकविहीन भएको छ ।

#फुटबल

#विश्वकप

#क्रोएसिया

#पानामा

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय