मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

बडिमालिका मेला भर्न गएकी खड्काको उद्वार

barnanmedia.com · Sat Aug 17 23:32:45 UTC 2024

सुदूरपश्चिम प्रदेशको मुख्य धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिकामा मेला भर्न गएका एकजनाको उद्धार गरिएको छ । अक्सिजनको कमीले बिरामी परेका अछामको चौरपाटी गाउँपालिका–५ लुङग्राकी अन्दाजी ६३ वर्षीया पवना खड्काको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

आइतबार बडिमालिकामा लाग्ने मेला भर्नका लागि जाँदै गरेकी खड्कालाई लेक लागेर अक्सिजनको कमी भएर बिरामी परेपछि आज दिउँसो नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खड्का बडिमालिका जाने क्रममा त्रिवेणी पाटनमा शुक्रबार राति नै बिरामी भएकी थिइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)