मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इंग्लिस प्रिमियर लिग : वेस्ट ह्याममा भिल्लाको जित

ekantipur.com · Sat Aug 17 23:30:11 UTC 2024

काठमाडौँ — इंग्लिस प्रिमियर लिगमा शनिबार एस्टन भिल्लाले विजयी सुरुआत लिएको छ । उसले यसका लागि वेस्ट ह्यामलाई २–१ ले हराएको हो । सब्स्टिच्युट झोन डुरानले खेलको ७९ औं मिनेटमा निर्णायक गोल गरे ।

भिल्लाले आमाडोउ ओनानाको गोलले अग्रता लिएयता वेस्ट ह्यामले पेनाल्टीबाट बराबरी गोल फर्काएको थियो । लुकास पाक्वटाले पेनाल्टीबाट गोल गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)