निर्माणकै क्रममा ‘अनिर्णयको बन्दी’ बन्यो प्रदेश रंगशाला, न थपिन्छ म्याद, न सकिन्छ काम
shilapatra.com · Sun May 31 05:31:00 GMT 2026
२८ असोजदेखि ३ कात्तिक २०७९ मा गण्डकीको राजधानी पोखरामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन भयो । उक्त प्रतियोगिताको समापन समारोहबाट २ देखि ८ मंसिर २०८१ मा कर्णाली प्रदेशमा १०औँ राष्ट्रिय खेलकुदको मिति प्रस्ताव गरियो ।
समापन समारोहका प्रमुख अतिथि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले १०औँ राष्ट्रिय खेलकुद आयोजना गर्ने जिम्मेवारी कर्णाली प्रदेशलाई सुम्पिए । ३ कात्तिक २०७९ मा प्रधानमन्त्री देउवाले कर्णालीका सामाजिक विकासमन्त्री यज्ञबहादुर बीसीलाई राष्ट्रिय खेलकुदको झण्डा हस्तान्तरण गर्दै प्रतियोगिता सञ्चालन गर्ने जिम्मेवारी सुम्पिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)