मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

घानाले रोक्यो इंग्ल्याण्डलाई

setopati.com · Wed Jun 24 01:10:48 GMT 2026

फिफा विश्वकप २०२६ मा इंग्ल्याण्ड बराबरीमा रोकिएको छ।

समूह चरणको दोस्रो खेलमा घानाले इंग्ल्याण्डलाई गोलरहित बराबरीमा रोकेको हो।

गोलका लागि इंग्ल्याण्डले १९ प्रहरा गर्‍यो। ४ प्रहार मात्रै गोलयोग्य थिए।

घानाले २ प्रहार गरेको थियो। त्यसमा एक प्रहार गोलयोग्य थियो।

दुवै तर्फबाट गोल हुन नसकेपछि इंग्ल्याण्ड र घानाले अंक बाँडे। दुवैले अंक तालिकामा ४-४ अंक जोडेका छन्।

समूह चरणको आफ्नो पहिलो खेलमा इङ्ग्ल्याण्डले क्रोएसियालाई ४–२ गोलअन्तर र घानाले पानामालाई १–० गोलले पराजित गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)

सम्बन्धित विषय