ला लिगा : इस्पीको गोलमा रियल विजयी
kendrabindu.com · Wed Sep 16 00:29:25 GMT 2026
काठमाडौं । सब्टिच्युट कार्लोस इस्पीले खेलको अन्त्यतिर गरेको गोलको मदतले रियल म्याड्रिडले मंगलबार स्पेनी ला लिगामा एल्चेलाई ३–२ ले हराएको छ । यो जितपछि रियलको १५ अंक भएको छ र शीर्ष स्थानमा रहेको बार्सिलोनासँग बराबरी गरेको छ ।
रियलले दुई गोलको अग्रता गुमाएयता इस्पीले दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा निर्णायक सावित गोल गरेका हुन् । यस सिजनको सुरुमा उनी लेभान्टेबाट रियल आएका थिए र जोसे मोउरिन्होका लागि दोस्रो पल्ट निर्णायक गोल गरिसकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)