बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
khabarhub.com · Wed Sep 16 00:29:00 GMT 2026

काठमाडौँ नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ८० पैसा र बिक्रीदर १७७ रुपैयाँ ४९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ५५ पैसा र बिक्रीदर २०७ रुपैयाँ ३६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १८८ रुपैयाँ १० पैसा कायम गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)