एक हजार ३९९ शव फेला
nepaltvonline.com · Wed Sep 16 00:28:39 GMT 2026

काठमाडौँ- भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९९ जनाको शव फेला परेको छ । बाढीपश्चात् अझै पाँच हजार १७९ जना सम्पर्कविहीन छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज साँझ सार्वजनिक गरेको विवरणअनुसार चितवनमा ३६४, नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०२, रसुवामा १८९, गोरखामा ७८, धादिङमा ७२ र तनहुँमा ३८ शव फेला परेको छ । उपचारका क्रममा काठमाडौँमा दुई जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)