मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मोबाइलले बिगार्दै बालबालिका

rajdhanidaily.com · Mon Jan 31 23:25:19 GMT 2022

कोरोनाका कारण बन्द भएका स्कुल असोजदेखि पुससम्म झन्डै चार महिला भौतिक रूपमै खुले । त्यतिखेर कक्षा ८ मा पढ्ने एक जना विद्यार्थी १० बजेको पहिलो घण्टी सुरु भएपछि कक्षामा पसे । ढिलो आउनुको कारण रातिभरि मोबाइलमा मस्त हुँदा कतिखेर निदाएछन्, उनलाई पत्तै भएन । जसका कारण बिहान साढे ९ बजे मात्रै उठ्न पुग्दा स्कुल आउन ढिलो भएको उनको भनाइ थियो । कक्षा ४ मा पढ्ने तरकारी पसलेकी छोरी स्कुलबाट फर्केपछि सिधै उनका बुबाको मोबाइलमा झम्टिइन् । स्कुलको ड्रेस फेर्नु, हातमुख धुनु, खाजा खानु, गृहकार्य गर्नु, एकछिन खेल्नु, यस्ता कार्य उनलाई केही पनि गर्नुथिएन । उनका बुबाको खल्तीबाट जबरजस्ती मोबाइल तानेर चलाउन थालिन् । ग्राहकसँग व्यस्त भएका उनका बुबाले नाइँनास्ती गर्न सकेनन् । गत हप्ता कहिले बिहान त कहिले बेलुकी आकलझुकल बत्ती गइरहेको थियो ।

स्कुलमा दुई जना विद्यार्थी कुरा गर्दै थिए । आज राति बत्ती गयो भने त म कसरी सुत्ने होला ? उनलाई मोबाइलमा गेम नखेली निद्रै नपर्नेजस्तो देखिन्थे । अर्की एक जना छात्रा मोबाइल चलाउन दिएन भने तीन दिनसम्म पनि खाना खाँदिनन् रे । बाध्य भएर मोबाइल दिनैपर्ने अभिभावकाले सुनाए । मोबाइल गेममा फुटबल टुर्नामेन्ट चलेकाले दोस्रो त्रैमासिक परीक्षामा ध्यान दिन नसक्दा परीक्षा बिग्रिएको एक विद्यार्थीले सुनाए । अर्का एक जना आमासँग मात्रै बस्ने विद्यार्थीको पनि उही समस्या थियो । हातमा मोबाइल छ भने घरमा केही गर्दैन, ज्ञानी भएर बस्छ, यदि मोबाइल छैन भने पढ्ने पनि होइन, खाली झर्किने मात्रै गर्छ । उनका बुबा घरमा नहुँदा केही नराम्रो गरिहाल्यो भने उनकी आमा डराएजस्तै देखिन्थिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)