२४ घण्टामा २ हजार ५५० चालक कारबाहीमा, १७ लाखभन्दा बढी राजस्व संकलन
shilapatra.com · Wed Jun 24 01:22:00 GMT 2026

काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने चालकमाथि गरिएको निगरानीका क्रममा पछिल्लो २४ घण्टामा दुई हजार ५५० जना कारबाहीमा परेका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त अवधिमा गरिएको कारबाहीबाट १७ लाख २४ हजार ५०३ रुपैयाँ राजस्व संकलन भएको छ ।
कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा बढी अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने एक हजार ७४६ जना चालक कारबाहीमा परेका छन् । त्यसपछि तीव्र गतिमा सवारी चलाउने २०७ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १४२ जना र ट्राफिक बत्ती उल्लंघन गर्ने १४० जना रहेका छन् ।
यस्तै, मादक पदार्थ सेवन गरेर सवारी चलाउने १०२ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १०८ जना, लेन अनुशासन उल्लंघन गर्ने ५६ जना, प्राविधिक परीक्षण नगरी सवारी सञ्चालन गर्ने ३५ जना तथा बढी धुवाँ उत्सर्जन गर्ने १४ वटा सवारीसाधनलाई समेत कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
ट्राफिक नियमको पालना गराउन तथा सडक सुरक्षालाई थप प्रभावकारी बनाउन नियमित जाँच र निगरानीलाई निरन्तरता दिइने कार्यालयले जनाएको छ।
प्रकाशित मिति: बुधबार, असार १०, २०८३
०७:०७
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)
काठमाडौँ