टिकटक र फेसबुक बने म्याग्दीका रैथाने वस्तु बेच्ने माध्यम, वार्षिक ४० लाखको कारोबार
ratopati.com · Wed Sep 16 00:36:13 GMT 2026

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-७ धारापानीकी कमला बानियाँ थापाले जलजला गाउँपालिका-३ पर्वत बेनीमा सञ्चालन गरेको ‘थापा लोकल मार्ट’ मा दुई वर्षअघिसम्म स्थानीय ग्राहक मात्रै आउँथे। म्याग्दी, मुस्ताङ र पर्वतका हिमाली तथा पहाडी क्षेत्रमा उत्पादन हुने विभिन्न रैथाने वस्तु पाइने थापाको पसलका सामान अहिले विदेशसम्म पुग्न थालेका छन्।
‘सामाजिक सञ्जाल टिकटक र फेसबुकमा लाइभ बसेर सामान देखाउन थालेपछि ग्राहकको पहुँच बढेको मात्र छैन,’ सञ्चालक कमला बानियाँ थापा भन्छिन्, ‘कारोबार र आम्दानी पनि उल्लेख्य वृद्धि भएको छ। यसअघि बेनी र मल्लाज क्षेत्रका सीमित ग्राहक आउँथे।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)