कहाँ कहाँ पर्छ पानी?
himalpress.com · Wed Sep 16 00:38:14 GMT 2026

काठमाडौँ- हाल कोशी, मधेस र बागमती प्रदेशमा साधारणतया बादल लाग्नुका साथै बाँकी पहाडी भूभागमा आंशिक बादल लागेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा मधेस प्रदेशको एकदुई स्थानमा मध्यम वर्षा भइरहेको छ।
आज देशभर साधारणतया बादल लाग्नेछ। कोशी र बागमती प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)