मुगु केन्द्रबिन्दु भएर लगातार दुई पटक भूकम्प
nepalviews.com · Wed Sep 16 00:40:19 GMT 2026

काठमाडौं। मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर बुधबार बिहान लगातार दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान १:५१ बजे ४.५ म्याग्निच्युडको पहिलो भूकम्प गएको थियो।
त्यसपछि बिहान ४:२८ बजे सोही स्थान (कलाई) वरपर केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको दोस्रो भूकम्प महसुस गरिएको छ। यसअघि गत भदौ २६ गते जाजरकोट जिल्लाको कालसेनी केन्द्रबिन्दु भएर बिहान ९:०८ बजे ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)