फेरि अर्जेन्टिनी जर्सीमा देखिने भए मेसी, घरेलु मैदानमा
barnanmedia.com · Wed Sep 16 00:32:02 GMT 2026
अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरिसकेका स्टार स्ट्राइकर लियोनल मेसी पुनः एकपटक अर्जेन्टिनाको टोलीमा देखिने भएका छन्। इएसपिएन अर्जेन्टिनाका अनुसार, उनलाई घरेलु समर्थकमाझ भव्य बिदाइ (फेयरवेल म्याच) दिन राष्ट्रिय टोलीमा समेट्न लागिएको हो।
मुख्य प्रशिक्षक लियोनल स्कालोनी र अर्जेन्टिनी फुटबल एसोसिएसन (एएफए) ले मेसीको सम्मानमा यो विशेष योजना बनाएका हुन्। गत अगस्ट ३१ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका ३९ वर्षीय मेसीले देशका लागि २०७ खेलमा १२५ गोल गर्दै २०२२ को विश्वकप जिताएका थिए।आगामी सेप्टेम्बर ३० देखि अक्टोबर ६ सम्म अर्जेन्टिनाले घरेलु मैदानमा बोलिभिया, बुर्किना फासो र बेनिनसँग तीन मैत्रीपूर्ण खेल खेल्दैछ। मेसी टोलीमा रहे पनि कुन खेलमा मैदान उत्रनेछन् भन्ने स्पष्ट भइसकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)