मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सासु हत्यामा संलग्न सौतेनी बुहारी जेल चलान

annapurnapost.com · Sat Jun 06 05:32:37 GMT 2026

प्यूठान : चार वर्षअघि सासुको हत्या गर्ने सौतेनी बुहारीलाई जिल्ला अदालत प्यूठानले पुर्पक्षको लागि कारागार पठाएको छ । अदालतको निर्णय अनुसार स्वर्गद्वारी नगरपालिका–६ कि ३२ वर्षीय चेती सुनारलाई कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

२०७९ मंसिर १ गते बिहान साढे ६ बजे स्वर्गद्वारी नगरपालिका–६ डाँडाखर्कस्थित बारीमा स्थानीय ६३ वर्षीय धनीकुमारी सुनारको टाउकोमा गम्भीर चोट लागि रगताम्य भइ मृत्यु भएको अवस्थामा फेला परेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)

सम्बन्धित विषय