फिफा विश्वकप २०२६ : क्रोएसिया १–० गोलले विजयी
kendrabindu.com · Wed Jun 24 01:34:14 GMT 2026

काठमाडौं । क्रोएसियाले फिफा विश्वकप २०२६ मा बुधबार पानामालाई १–० ले पराजित गरेको छ । यो नतिजाले क्रोएसियाको नकआउट चरण पुग्ने सम्भावना कायम रह्यो । तर पानामा भने प्रतियोगिताबाट बाहिरिएको छ ।
लगातार दोस्रो हारपछि पानामाको चुनौती समाप्त भएको हो । समूह एल मा इंग्ल्यान्ड र घाना चार चार अंकमा छन् । त्यसपछि क्रोएसियाको तीन अंक छ । पानामा भने शून्य अंकमै सीमित रह्यो ।
टोरन्टो स्टेडियममा भएको खेलमा एक मात्र गोल एन्टे बुडिमिरले ५४ औं मिनेटमा गरे । जोसिफ स्टानिसिचले निकालेको लो क्रसलाई बुडिमिरले सजिलै पोस्टको दिशा दिएका हुन् ।अब समूहको लिग चरणको अन्तिम दिनको खेलमा पानामाले इंग्ल्यान्ड र क्रोएसियाले घानाको सामना गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
काठमाडौँ
फिफा