नेपालका रोहितसहित यूएईका दुई खेलाडीमाथि आईसीसीको कारबाही
kendrabindu.com · Wed Sep 16 00:50:14 GMT 2026
काठमाडौं । नेपालका रोहित पौडेलसहित यूएईका खेलाडी अविद उस्मानी र खुजैमा तानविरलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले एसीसी प्रिमियर कपको फाइनलका क्रममा आचारसंहिता उल्लंघन गरेकामा लेभल वानको अभियोग लगाउँदै जरिवाना गराएको छ ।
मलेसियामा शनिबार सम्पन्न फाइनलमा नेपाली इनिङ्सको ३१ औं ओभरमा अविद र रोहितबीच भनाभन भएको थियो । अनफिल्ड अम्पायरद्वयले त्यसलाई रोक्न खोजे पनि उनीहरूले अटेर गर्दै थप विवाद गरेको आईसीसीले जनाएको छ । अविद र रोहित दुवैलाई ‘आइसीसी कोड अफ कन्डक्ट फर प्लेयर्स एन्ड प्लेयर सपोर्ट पर्सनल’ को आचारसंहिताको नियम २.४ अनुरुप म्याच फीको १५ प्रतिशत जरिवाना लगाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)