जलवायु परिवर्तनको असर बुझ्न जनप्रतिनिधि मुस्ताङमा
gorkhapatraonline.com · Wed Sep 16 00:52:30 GMT 2026

जलवायु परिवर्तनले हिमाली जनजीवनमा पारेको असरबारे छलफल गर्न मुस्ताङमा देशभरका दुई हजारभन्दा बढी जनप्रतिनिधि भेला भएका छन् । जिल्लाको घरपझोङ गाउँपालिकाको आयोजनामा देशभरका ४३१ स्थानीय तह र ४१ जिल्ला समन्वय समितिमा नेतृत्व गरिरहेका जनप्रतिनिधि भेला भएका हुन् ।
सम्मेलनलाई सम्बोधन गर्दै कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनले नेपालका हरेक क्षेत्रमा गम्भीर असर गरेको उल्लेख गर्दै अब अन्तर्राष्ट्रिय मञ्चमा सहायता र जोखिम न्यूनीकरणको मुद्दा उठाउने बताउनुभयो । मङ्गलबारदेखि सदरमुकाम जोमसोममा आयोजना गरेको जलवायु सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री चौधरीले जलवायु परिवर्तनको मुद्दा नेपालको अधिकार र दाबीका रूपमा अन्तर्राष्ट्रिय मञ्चमा राख्ने बताउनुभयो । मन्त्री चौधरीले भन्नुभयो, “जलवायु परिर्वतले हिमालदेखि तराईसम्म असर गरेको छ, अब माटो सुहाउँदो अनुकूलन र वातावरण संरक्षणका कार्यक्रसँगै जोखिम न्यूनीकरणका प्रविधिमा केन्द्रित हुन्छौँ ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)