मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपाको प्रस्ताव राजनीतिक प्रतिवेदन : प्रत्यक्ष निर्वाचित कार्यकारी र गैरदलीय राष्ट्रियसभा हुनु पर्ने

kendrabindu.com · Wed Jun 24 01:45:25 GMT 2026

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय सभालाई गैरदलीय विशेषज्ञ सभा बनाएर त्यसको अध्यक्ष उपराष्ट्रपति हुने व्यवस्थामा जानुपर्ने प्रस्ताव ल्याएको छ। चितवनको भरतपुरमा जारी महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेस गर्दै पार्टी सभापति रवि लामिछानेले रास्वपा प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा समेत रहेको बताएका छन् ।

सरकारले संविधान संशोधनका लागि प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा कार्यदल बनाएर छलफल गरिरहेका बेला सभापति लामिछानेले तयार पारेको दस्तावेजमा भनिएको छ, ‘रास्वपा स्थिर नेतृत्व र स्पष्ट जिम्मेवारीसहितको प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा छ।’ तर संविधान संशोधन कुनै दलको घोषणा नभई राष्ट्रको साझा दस्तावेज भएको उल्लेख गर्दै उनले संशोधन राष्ट्रको दीर्घकालीन आवश्यकता, जनताको अनुभव र लोकतान्त्रिक अभ्यासबाट निर्देशित होस् भन्ने चाहेको बताएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)