इरानद्वारा दक्षिण कोरियालाई रोक्का गरिएको आफ्नो सम्पत्ति फिर्ता गर्न आग्रह
hamrakura.com · Mon Jan 23 00:00:00 GMT 2023
तेहरान। इरानले आइतबार दक्षिण कोरियालाई आफ्नो रोक्का गरिएको सम्पत्ति फिर्ता गर्न आग्रह गरेको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले साप्ताहिक पत्रकार सम्मेलनमा आफ्नो सम्पत्ति यथाशीघ्र खुला गरिदिन आग्रह गरेका छन्।
दुई वटा दक्षिण कोरियाली बैङ्कहरूमा इरानको सात बिलियन डलरभन्दा बढीको कोष छ। यद्यपि हाल इरानले यसको उपयोग गर्न पाएको छैन। दक्षिण कोरियाका बैङ्कहरू र अधिकारीहरूले सम्भावित अमेरिकी जरिवानाको डरले इरानी सम्पत्ति फुक्का गर्न सकिरहेका छैनन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)