मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विष्णु पौडेलको गिरफ्तारी विरूद्ध एमालेले देशव्यापी राजनीतिक प्रतिरोध र भण्डाफोर गर्ने

setopati.com · Wed Jun 24 01:51:14 GMT 2026

नेकपा एमालेले उपाध्यक्ष विष्णु पक्राउ विरूद्ध देशव्यापी प्रतिरोध र भण्डाफोर गर्ने भएको छ।

मंगलबार बसेको केन्द्रीय सचिवालयको बैठकले उपाध्यक्ष पौडेललाई पक्राउ गर्ने सरकारको कदमलाई निरंकुश, प्रतिशोधपूर्ण र विभेदकारी ठहर गर्दै देशव्यापी रूपमा राजनीतिक प्रतिरोध र भण्डाफोर अभियान सञ्चालन गर्ने भएको हो।

सो अभियान सञ्चालनका लागि एमालेले पार्टी पंक्तिलाई आह्वान गरेको छ।

उपाध्यक्ष पौडेल सुर्खेतमा पक्राउ परेका थिए। उनलाई मंगलबार काठमाडौं ल्याइएको थियो। उनलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिइसकेको छ।

मंगलबार साँझ गुण्डुमा बसेको सचिवालय बैठकले पौडेलको गिरफ्तारीलाई घोर प्रतिशोधपूर्ण, पूर्वाग्रहप्रेरित र गैरकानुनी रहेको ठहर गर्दै त्यसको दृढतापूर्वक प्रतिवाद गर्ने निर्णय गरेको हो।

एमालेले बिनाकुनै वस्तुपरक तथ्य र प्रमाण, केवल राजनीतिक प्रतिशोध साँध्ने कुत्सित मनसायका साथ सम्पत्ति शुद्धीकरणको बहानामा गरिएको गैरकानुनी गिरफ्तारीको पार्टीले राजनीतिक र कानुनी दुवै रूपमा सशक्त प्रतिवाद गर्ने भनेको छ।

थप अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको अदालतको आदेशलाई समेत एमालेले असहमति जनाएको छ।

'राजनीतिक पूर्वाग्रहबाट अभिप्रेरित यस घटनामा विशेष अदालतले पूर्वापक्षका लागि थुनामा राख्न दिएको आदेशसमेत न्यायसम्मत नरहेको ठहर गर्दछ,' निर्णयमा भनिएको छ।

बैठकले पार्टी उपाध्यक्ष पौडेललाई बिनासर्त अविलम्ब रिहा गर्न माग गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)

सम्बन्धित विषय