मतदानको तीन दिनपछि एमालेको आरोप–निर्वाचनमा योजनाबद्ध धाँधली भयो
nayapatrikadaily.com · Sun May 15 17:41:00 GMT 2022
मतदान भएको तीन दिनपछि प्रमुख प्रतिपक्षी दल एमालेले गृह प्रशासनको प्रत्यक्ष संलग्नतामा स्थानीय तहको निर्वाचनमा सत्ता पक्षले धाँधली गरेको आरोप लगाएको छ । निर्वाचनअघि, मतदानमा र मतगणनामा संगठित रूपमै सत्तागठबन्धनले धाँधली गरेको भन्दै एमाले त्यस्तो कार्य तत्काल रोक्न माग गरेको छ ।
‘मोर्चाबन्दीले नपुगेर धाँधलीमा उत्रेको, योजनाबद्ध धाँधलीलाई सत्तागठबन्धनले निरन्तरता दिइरहेको हुँदा यस्तो कार्य तत्काल रोक्न सरकारसँग माग गर्दछौँ,’ महासचिव शंकर पोखरेलले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ । जसरी पनि जित्न गठबन्धनले धाँधली गरेको एमालेको आरोप छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)