लुका मोड्रिचको २०० औं खेलमा क्रोएसिया विजयी
nepalnews.com · Wed Jun 24 01:55:01 GMT 2026
टोरन्टो । पानामालाई १–० को झिनो अन्तरले पराजित गर्दै पूर्व उपविजेता क्रोएसियाले फिफा विश्वकपको अन्तिम ३२ (नकआउट चरण) मा पुग्ने आफ्नो सम्भावना कायमै राखेको छ। यो हारसँगै समूह चरणको एक खेल बाँकी छँदै पानामा प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ।
टोरन्टोमा भएको समूह ‘एल’ को प्रतिस्पर्धात्मक खेलमा क्रोएसियालाई जिताउन वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका एन्टे बुदिमिरले निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि क्रोएसियाका प्रशिक्षक ज्लाट्को डालिचले दोस्रो हाफको सुरुमै टोलीमा दुई आक्रामक परिवर्तन गरेका थिए। प्रशिक्षकको त्यो रणनीति खेलको ५४ औं मिनेटमा सफल भयो, जब जोसिप स्टानिसीचको क्रसमा ओसासुनाका फरवार्ड बुदिमिरले पोस्टको नजिकैबाट उत्कृष्ट गोल गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)